संरक्षणमा चनाखो बन्न सामुदायिक बन उपभोक्ता महासंघ चितवन शाखाको आग्रह

181












चितवन । चितवनको उदयपुर सामुुदायिक वन उपभोक्ता समुहको संरक्षित क्षेत्रमा केहिदिन अघि अज्ञात समुहले रुख कटान गरेको प्रति सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।


सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा चितवनका अध्यक्ष भरत प्रसाद ढुंगानाद्धारा आज जारी विज्ञेप्तिमा रुख कटानमा संलग्न जो सुकै व्यक्ति वा संस्थालाई तत्काल पत्ता लगाई कानूनी कारवाहि गर्न माग गरिएको छ । विज्ञेप्तिमा जिल्लाभरका सामुदायिक वन समुह हरुमा चोरीनिकासी हुन सक्ने हुँदा सरोकारवाला सबैमा चनाखो रहि संरक्षणमा ध्यान दिन आग्रह समेत गरिएको छ ।

कोरोना भाईरसका कारण देशैभरी प्रभाव परेको परेको मौका पारेर चिसापानी र गैरीवारी जाने बाटोनै अवरोध पुग्नेगरी केहिदिन अघि अज्ञात समुहले रुख कटान गरेको थियो ।



You might also like
Loading...