आईपीएलमा आज दिल्ली र चेन्नई भिड्दै

121







युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्स भिडदै छन् । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली आफ्नो दोस्रो र चेन्नई तेस्रो खेलका लागि मैदान उत्रने छन् ।

दिल्ली र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । श्रेयस आयरको कप्तानीमा मैदान उत्रने दिल्ली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

यस्तै महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई पनि दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

दिल्लीले भने नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई समेत मैदान उतार्ने संम्भावना रहेको छ । पहिलो खेलमा भने सन्दीपले मौका पाएका थिएनन् ।

You might also like
Loading...