स्व. हिक्मत पाख्रीनको ४९औं दिनको पुण्य तिथिमा शोक सभा सम्पन्न

248







केशव तिवारी घायल, असोज ११

चितवन/ कालिका नगरपालिका तरुण दलका अध्यक्ष स्व. हिक्मत पाख्रीनको अल्पायुमै दु:खद निधनको ४९ औं दिनको पुण्य तिथिमा नेपाली काङ्ग्रेस कालिका नगर समितिको आयोजनामा आइतबार कालिका १ लंकालाइनमा शोक सभा सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा तरुण बिभाग प्रमुख शंकर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त शोक सभामा नेका कालिका नगर सभापति राजु श्रेष्ठले अतिथिलाइ स्वागत गर्दै स्व. हिक्मत पाख्रीनले काङ्ग्रेस पार्टी लाई पुर्याएको योगदान र आगामी दिनमा उनको अभाबमा पुग्ने क्षतिका बारेमा चर्चा गरेका थिए ।

चितवन जिल्लाका पुर्व सभापती टेक प्रसाद गुरुङ, रामकृष्ण घिमिरे बर्तमान जिल्ला सभापती जितनारायण श्रेष्ठ, तरुण दल जिल्ला अध्यक्ष राजन ताम्राकार , भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह, इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङ, महासमिति  सदस्य राजेश्वर खनाल, कमल आचार्य लगायत जिल्लामा सक्रिय राजनिती गरीरहेका काङ्ग्रेसका नयाँ पुराना सबै नेताहरु
उपस्थिति शोक सभामा सबै नेताहरुले हिक्मत पाख्रीनले दरुण दललाइ दिएको योगदानको बारेमा प्रशंसा गर्दै शोकमा रहेका परीवारजनलाइ बिचलित नहुन आग्रह गरेका थिए ।

आन्तरिक द्वन्द्वमा रुमल्लिरहेका काङ्ग्रेस नेताहरु एकै मंचमा उपस्थिति देखेपछि खुसी देखिएका काङ्ग्रेस कार्यकर्ताहरुले नेताहरुलाइ प्रत्यक्ष सुझाब दिइरहेको पनि देखिन्थ्यो ।

You might also like
Loading...