मालपोत कार्यालय कावासोतीमा कर्मचारीको दादागिरी, कुटाई खाने सेवाग्राहीलाई नै माफी मगाईयो

पाँडे गाली गरेका रैछन्, त्यसैले माफी मगाईयो – मालपोत अधिकृत




कावासोती । मालपोत कार्यालय कावासोतीमा आइतबार सेवा चुस्त दुरुस्त नभएको भन्दै कार्यालय प्रमुखलाई गुनासो गर्दा कुटाइ खाएका सेवाग्राहीलाई माफी मगाइएको छ ।
मालपोत कार्यालय कावासोतीका प्रमुख मालपोत अधिकृत निरबहादुर दाहालले कार्यालयमा कर्मचारीलाई अपशब्द बोलेको कारण माफी मगाइएको बताए ।
दाहालले भने – मसँग पनि नराम्रो शब्द प्रयोग गर्यो, कर्मचारीलाई ‘पाँडे गाली’ गरे, तथानाम मुख छाडेको रैछ त्यसैले कागजनै गराएर माफी मगाइएको छ ।

https://www.youtube.com/watch?v=eAjyZftV5Sw&t=36s




मालपोत कार्यालय कावासोतीमा धितो रोक्का गर्न गएको गैडाकोट १ निवासी तिर्थराज पौडेललाई मालपोत परिसर भित्रै आइतबार ४ जनाले सांघातिक आक्रमण गरेका थिए ।
उनले आफ्नो काम ढिलो भएको भन्दै कार्यालय प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई फोन मार्फत गुनासो गरेपछि उनलाई कार्यालय प्रमुखलाई गुनासो गर्ने तै होस् भन्दै आएर एक्कासी कुटपिट गरेका थिए ।
मालपोत कार्यालय कावासोतीका प्रमुख मालपोत अधिकृत निरबहादुर दाहालले तिर्थराज पौडेल सोमबार पनि पुन काम लिएर आएका र कर्मचारीहरुले अपशब्द प्रयोग गर्ने सेवाग्राहीको काम गर्दिनन भनेर दबाब दिएपछि माफी मगाइएको बताए ।
पीडित सेवाग्राहीका श्रीमती कल्पना पौडेलले सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा भने – ‘श्रीमानले गल्ती नै नगरेको विषयमा माफी माग्दिन्न भन्नु भएको थियो तर, काम नै नहुने भएपछि मैले नै माफी माग्न पठाएपछि माफी माग्नु भएको हो ।’
मालपोत कार्यालय कावासोतीका प्रमुख दाहालले कार्यालयका कर्मचारी कुनैले पनि सेवाग्राहीलाई आक्रमण नगरेको र मान्छे लगाएर पनि नकुटाइएको दावी गर्दै उनले भने – एउटा सेवाग्राहीले लफडा गरेपछि आफ्नो काम ढिलो भएको भन्दै अर्को सेवा ग्राहीले कुटपिट गरेको हुनु पर्छ ।

 

 



सम्बन्धित
Loading...