नवलपुरमा श्रीमानको हत्या गर्ने महिलालाई जेल चलान
आफ्नै श्रीमानको हत्या आरोपमा पक्राउ परेकी नवलपुर गैंडाकोटकी एक महिला र अर्का एक व्यक्तिलाई कारागार चलान गरिएको छ ।
पूर्वी नवलपरासी गैडाकोट नगरपालिका वडा नं. १८ हुर्जिल बस्ने धनबहादुर सुगुरपाक मगरको हत्यामा संलग्न आफनै श्रीमती फुलमाया सुगुरपाक मगर र सोही ठाउँका मेखवहादुर सुनारीमगरलाई सोमवार नवलपुर जिल्ला अदालतले पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
https://youtu.be/idkzljldyyQ
२०७६ असार २० गते राती १२ बजे श्रीमान धनबहादुर सुगुरपाक मगरकी श्रीमती र छिमेकी मेखवहादुर सुनारीमगर मिलेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । मेखबहादुरसँग मिलेर फूलमायाँले आफ्नै श्रीमान धनबहादुरको एक वर्षअघि हत्या गरी नजिकैको जंगलमा गाडेको १५ महिनापछि मात्रै प्रहरीले शव उत्खनन गरेको थियो ।
हत्यामा संलग्न दुवै जनालाई ईलाका प्रहरी कार्यालय गैडाकोटले यही भाद्र २९ गते नियन्त्रणमा लिएको थियो ।
कारागार चलान गर्ने आदेश आएसँगै हत्यामा संलग्न दुवै जनालाई कारागार कार्यालय परासी पठाईएको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।
https://www.youtube.com/watch?v=Fv6GwXQU3xY&t=2s