कावासोतीमा कोरोना संक्रमित ह्वात्तै बढेपछि विद्यालय बन्द


कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि कावासोतीका विद्यालयहरु बन्द गरिएको छ ।
कावासोती नगरपालिकाद्वारा शुक्रबार जारी सूचना अनुसार आइतबारदेखि दशै अवधिभरलाई विद्यालय बन्द गरिएको जनाइएको छ ।




कावासोतीमा विहीबार मात्रै ५२ जना संक्रमित भेटिएका थिए भने शुक्रबार ८ जना संक्रमित थपिएका थिए । कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाद्वारा जारी विज्ञप्ति अनुसार आइतबारदेखि १४ गतेसम्मका लागि कावासोतीका विद्यालय बन्द गरिएको हो ।







सम्बन्धित
Loading...