लुम्बिनी प्रदेशका मन्त्री चौधरीमा कोरोना





१ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री चौधरीसँगै उनकी श्रीमती द्रोपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण देखिएको मन्त्री चौधरीले जनाएका छन् । संक्रमण देखिएपछि आफू सरकारी निवासमै आइसोलेसनमा रहेको र रुघाबाहेक अन्य स्वास्थ्य समस्या नरहेको मन्त्री चौधरीले जनाएका छन् । अन्य ४ जनालाई भने कुनै लक्षण नदेखिएको मन्त्री चौधरीले बताए ।


 




सम्बन्धित
Loading...