पश्चिम नवलपरासी संक्रमितको संख्यामा ८४८ पुग्यो, सोमबार २२ जना नयाँ संक्रमित थपिए





परासी । पश्चिम नवलपरासीमा सोमबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार थपिएकासँगै पश्चिम नवलपरासीमा संक्रमितको संङ्ख्या ८ सय ४८ पुगेको छ ।

सोमबार रामग्राम नगरपालिका ११ मा रहेको हुलास अटो क्राफ्ट कम्पनीमा कार्यरत ११ जना पुरुष रहेको स्वस्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।




त्यसैगरी बर्दघाट नगरपालिका ४ की ६४ वर्षकी महिला, ३९ वर्षका पुरुष रहेका छन् । त्यस्तै सुनवल नगरपालिका वडा नम्बर ३ की ४० वर्षीय महिला, वडा नम्रब ९ का २६ वर्षीय पुरुष, वडा नम्बर ११ का २३ वर्षीय पुरुष, वडा नम्बर १२ का १३ वर्षका बालक र १८ वर्षीय किशोरीमा संक्रमण देखिएको छ । यस्तै सुस्ता गाउँपालिका वडा नम्बर १ की ६८ वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पश्चिम नवलपरासीमा सोमबार ७ जना पुरुष संक्रमित निको भएका छन् ।  हालसम्म पश्चिम नवलपरासीमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।




सम्बन्धित
Loading...