कोरोनाका कारण नवलपुरमा ७५ वर्षीय महिलाको मृत्यु


कावासोती । चितवन मेडिकल कलेजमा कोरोना संक्रमणबाट नवलपरासी देवचुली वडा नम्बर ११ की ७५ वर्षीय एक महिलाको सोमबार दिउँसो निधन भएको छ ।
मेडिकल कलेजद्वारा जारी विज्ञप्ति अनुसार ति महिलामा श्वासप्रश्वासमा समस्या भएर घाँटी दुख्ने र ज्वरो आउने गरेको थियो ।
असोज २७ गते अस्पताल भर्ना भएकी उनको सोज ३० गते कोरोना पुष्टि भएको थियो । उनको आईसीयूमा राखेर उपचार गरिएकोमा सोमबार निधन भएको अस्पताले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।




 




सम्बन्धित
Loading...