नेकपा विवादको असर जनवर्गीय संगठनमा, प्रचण्ड-नेपाल समूहका विद्यार्थीले गरे छुट्टै भेला

64







काठमाडौं, १९ मंसिर । नेकपाभित्रको विवाद गुटगत रुपमा तीव्र भइरहेका बेला त्यसको असर जनवर्गीय संगठनहरुमा पनि देखिएको छ ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले आज थापाथली क्याम्पसमो छुट्टै भेला गरेका हुन् ।

पार्टीभित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग विवाद भैरहेको बेला प्रचण्ड–नेपाल समुहका विद्यार्थी भेलामा जुटेका हुन् । भेलामा नेकपा बागमती प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल लगायत उपस्थित थिए ।

भेलामा नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री ओलीलाई बैठकमा उपस्थित भएर छलफलमा भाग लिन आग्रह गर्नुभयो । यस्तै, स्थायी कमिटी सदस्य पम्फा भुसालले समस्या समाधानबाट नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भाग्न नपाउने बताउनुभएको थियो ।

बहस गर्नबाट उम्केर समस्याको हल नहु्ने भन्दै प्रधानमन्त्री शनिबार हुने सचिवालय बैठकमा आउनैपर्ने बताउनुभयो । यसअघि ओलीनिकट रहेका विद्यार्थी संयोजक ऐन महरले एकहप्ता अघि काठमाडौंमा आफू पक्षका नेता कार्यकर्ताको भेला गरेको गरेका थिए । पछिल्लो समय नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड नेता नेपाल समूहबीचको विवाद चुलिएको छ ।

प्रचण्ड ओलीले एक अर्का विरुद्ध आरोप लगाउँदै प्रस्ताव सचिवालयमा पेश गरेका थिए । अहिले दुबै प्रस्ताव सचिवालयमा छलफलका क्रममा रहेको भए पनि ओलीले प्रचण्डको प्रस्ताव फिर्ता गराएर संयुक्त दस्तावेज बनाउन पहल गरिरहेका छन् भने प्रचण्ड पक्षले दुवै प्रस्तावका बारेमा केन्द्रीय कमिटीसम्म लगेर छलफल गर्नुपर्ने अडान लिँदै आएका छन् ।

You might also like
Loading...