रोटरी क्लब अफ नारायणी मिट टाउन चितवन द्वारा गर्दासमा बिद्यालयलाई सहयोग

84







चितवन । रोटरी क्लब अफ नारायणी मिड टाउन चितवन ले चितवन जिल्लाको इच्छाकामना गाँउ पालीका अन्तर्गत रहेको श्री राष्ट्रिय मा. बि गर्दासमा महालक्ष्मी विकास बैकं को CSR अन्तर्गतको रु १,६५,००० र क्लवको १,६५,००० गरी जम्मा रु ३,३०,००० मा शुद्ध खानेपानी मेसिन जडान गरी सम्बन्धित विद्यालय लाई हस्तान्तरण गरेको छ ।

साथै क्लबले उक्त राष्ट्रिय मा. बि गर्दासमा झण्डै३९० जना विद्यार्थीहरु लाई स्टेशनरी सामान वितरण गरेको छ भने क्लब का २२ जना सदस्यले गरिब जेहन्दार २२ जना विद्यार्थी लाई पढाउने सम्पुर्ण खर्च सहित न्यानो कपडा वितरण कार्य सम्पन्न गरेको छ । साथै सोही कार्यक्रममा कक्षा ७,८,९ र १० का विद्यार्थीहरुलाई स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत क्लबका IPP रोटरियन आशिष भण्डारीले प्रशिक्षण समेत दिनु भएको थियो । क्लबका प्रथम उपाध्यक्ष अर्पण प्रधान भण्डारी ले कक्षा ७,८,९ र १० का छात्राहरुलाई महिनावारी सम्बन्धमा आवश्यक जानकारी सहितको प्रशिक्षण दिनुभएको थियो ।

सो कार्यक्रममा क्लबका अध्यक्ष यामनाथ दनै ले सामाजिक उत्तरदायित्व स्वरुप रोटरीयनहरुले यो कार्य गरेको बताउनुभएको थियो । Rotary को TEACH कार्यक्रम अन्तर्गत नै विद्यालयमा यि कार्यक्रमहरु भएका हुन्, अध्यक्ष दनैले जानकारी दिनुभयो।

You might also like
Loading...