अस्ट्रेलियामा अध्ययन गर्ने प्रमिश भुजेलको जन्मदिनमा चेपाङ समुदायलाई राहत बितरण >फोटो फिचर <


माघ ४ सिद्धि, चितवन । भरतपुर महानगर पालिका ६ निवासी समाजसेवी नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि कृष्ण भुजेलका सुयोग्य छोरा प्रमिश भुजेलको २१ औँ जन्मदिनको अवशर पारेर चितवनको कालिका नगरपालिका स्थित सिद्धि क्षेत्रमा बसोबास गर्ने अति बिपन्न २७ चेपाङ परीवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ ।




नेपाल रेडक्रस सोसाइटी गितानगर उपशाखाका यशस्कर सदस्य समेत रहेका नेका क्षेत्रीय प्रतिनिधि भुजेलका छोरा प्रमिश बिगत डेढ बर्ष अघि देखि अध्ययनका लागि अस्ट्रेलियामा रहँदै आएका छन । उनै प्रमिशको आग्रहमा कालिका नगरपालिकाको सिद्धि क्षेत्र भित्र बसोबास गर्ने २७ बिपन्न चेपाङ परीवारलाई राहत स्वरुप खाध्य सामाग्री हस्तान्तरण गरिएको राहत बितरण कार्यक्रमका संयोजक केशव तिवारीले बताए ।

अनौपचारिक रुपमा कार्यक्रम संचालन गरि राहत बितरण गरिएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिती सदस्य राजेश्वर खनाल , महाधिवेशन प्रतिनिधि नरजंग प्रजा “महेन्द्र” , नेपाल तरुणदल चितवनका संस्थापक अध्यक्ष शम्भु अर्याल , नेपाल तरुण दल चितवन पुर्व जिल्ला सचिव आनन्द राउत , भरतपुर अस्पतालका पुर्व अध्यक्ष राजकुमार राजभण्डारी , क्षेत्रीय प्रतिनिधि लक्ष्मण गुरुङ , तरुण नेता केशब तिवारी, निर्मल राना, माधव अर्याल, निर्मल थापा,शिव प्रसाद शर्मा, मोहन दनै, निर्मल पौडेल, डिल्लिराम प्रजा लगायतको उपस्थिति रहेको थियो ।


कालिका नगरपालिकाको वडा नं १० को वडा कार्यालयमा सम्पन्न राहत बितरण कार्यक्रममा स्वागत मन्तब्य राख्दै महाधिवेशन प्रतिनिधि नरजङ्ग प्रजा महेन्द्रले चेपाङ परीवारका लागि राजेश्वर खनाल लगायतको यो टिमले पटक पटक सिद्धिमा आएर चेपाङ समुदायको चुल्हो बाल्ने देखि लिएर औषधि उपचार समेतमा सहयोग पुर्याएकाले चेपाङ समुदायले यो गुण कहिल्यै नबिर्सिने बताए ।

कार्यक्रममा उपस्थित सबै काङ्ग्रेस नेताहरुले अष्ट्रेलियामा रहेका प्रमिशलाइ जन्मदिनको शुभकामना ब्यक्त गर्दै उनका बुवा कृष्ण भुजेललाई धन्यबाद दिएका थिए । राहत लिन उपस्थित भएका चेपाङ परीवारहरुले हरेक दु:खमा पटक पटक यहि पात्रहरु उपस्थित भएर साथ दिएकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रमलाई नेपाल तरुणदल कालिका नगर समितीका सचिव दिवश मगरले संचालन गरेका थिए ।




सम्बन्धित
Loading...