चितवनमा वडास्तरको बिरोध सभामा कहाँ कसले सम्बोधन गरे <फोटो फिचर>
माघ ८, चितवन । नेपाली कांँग्रेस चितवनले स्थानीय तहका वडाहरुमा विरोध सभा तथा र्याली सम्पन्न गरेको छ । ओली सरकारको असंवैधानिक संसद विघटन विरुद्ध काँग्रेसले देशभर विरोध सभा र र्यालीको आयोजना गरेको हो ।
काँग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठ र महासमिति सदस्य कमल आचार्यले कालिका नगरपालिकाको वडा नं ७ र ९ को बिरोध सभामा पुगेर सम्बोधन गरेका थिए भने पुर्व सभापति टेक प्रसाद गुरुङ र कृष्णलाल सापकोटाले भरतपुर महानगरपालिकाको वडा नम्बर १५, को सभालाइ सम्बोधन गरेका थिए ।
त्यसैगरी पुर्व माननीय रामकृष्ण घिमिरे र महासमिति सदस्य बिजय भुषालले भरतपुर वडा नम्बर १६ , जिल्ला सचिव उत्तम जोशी र माननीय गिता वाग्लेले भरतपुर वडा नम्बर २९, महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी राप्ती नगरपालिकाको वडा नम्बर ९, पुर्व राज्यमन्त्री शेषनाथ अधिकारीले रत्ननगर नगरपालिका वडा नम्बर ३ को बिरोध सभालाइ सम्बोधन गरेका थिए ।
भरतपुर महानगरपालिका कै वडा नम्बर २७ र २८ मा महासमिति सदस्य राजेश्वर खनाल, भरतपुर ६ मा महासमिति सदस्य दिनेश कोईराला, भरतपुर १७ मा माननीय बलराम पौडेल, भरतपुर १२ मा जिल्ला सचीव राजिब न्यौपाने र जिल्ला सदस्य झलक बहादुर गुरुङ, भरतपुर १ मा महासमिति सदस्य प्रकाश अधिकारी र नेपाल तरुणदल जिल्ला अध्यक्ष राजन ताम्राकार , भरतपुर ५ मा नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उमा रेग्मी, भरतपुर ११ मा जिल्ला सह सचिव राजन कार्की र जिल्ला सदस्य देवकी गौतम , इच्छाकामना गाउँपालिका ५ मा गाउँ पालिकाकी अध्यक्ष गिता गुरुङ लगायत माडि नगरपालिका को वडा नम्बर ६ मा महासमिति सदस्य सबिता बराल र खैरहनी नगरपालिकाको वडा नम्बर ३ मा डा. तिर्थ खनिया बिरोध सभाका मुख्य बक्ता रहेका थिए ।
बिहीवार चितवनमा हजारौको संख्यामा नेता , कार्यकर्ता तथा समर्थकहरुले कम्युनिष्ट सरकारको विरुद्ध प्रर्दशन तथा सभा गरेका थिए । वडा स्तरीय भेला अन्तर्गत बिरोध सभामा सम्बोधन गर्न पुगेका जिल्लाका सबै नेताहरुले निरंकुश र तानशाहको विरुद्वमा काँग्रेसले सधैं आवाज बुलन्द पार्नु पर्ने बताएका थिए ।