लागूऔषधसहित दुई जना पक्राउ
चितवन । चितवन प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर १२ का ३७ वर्षीय राजकुमार थापा र भरतपुर १३ का २२ वर्षीय सुनिल विक रहेका छन् ।
शनिबार ५ः१५ बजेको समयमा भरतपुर ११ स्थित प्रगति पथमा नियमित गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा साइकलमा सवार रहेका भरतपुर १२ बस्ने वर्ष ३७ को राजकुमार थापाको साथबाट डाइजेपाम ११ थान, नुरफिन ११ थान र फेनरागन ११ थान बरामद गरेको छ ।
यस्तै, शुक्रबार बेलुकी ९ः२५ बजेको समयमा गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भरतपुर १ स्थित पुलचोकबाट पोखरा बसपार्क जाने सडकको पेटीमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा भरतपुर १३ चितामाई बस्ने वर्ष २२ को सुनिल विकलाई सोधपुछ तथा तलासी गर्दा निजको साथबाट फेनारगन ८४, डाइजेपाम ८४ र नुरफिन ८४ गरी जम्मा २५२ एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई अदालतमा पेश गरी थप अनुसन्धान कार्य भइरहको प्रहरीले जनाएको छ ।
