सिजनको पहिलो हिमाल आरोहण अन्नपूर्णमा, १४ जना पुगे चुचुरोमा





वसन्त ऋतुको पहिलो हिमाल आरोहण अन्नपूर्ण (८०९१ मिटर)मा भएको छ ।

शुक्रबार बिहान कुल १४ जना आरोहीले अन्नपूर्ण चुचुरोमा पुग्न सफल भएको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ ।


कम्पनीका अनुसार यो टीममा ७ जना नेपाली सदस्य छन् । अन्नपूर्णको चुचुरोमा पुग्ने नेपालीहरुमा लाक्पा देण्डी शेर्पा, मिग्मा तेन्जी शेर्पा, छाङ्वा शेर्पा, पूर्णिमा श्रेष्ठ, पेम्बा शेर्पा, लाक्पा तेम्बा शेर्पा र दावा शेर्पा रहेका छन् । सन् २०१९ पछि पहिलो पटक हिमाल आरोहण भएको हो



सम्बन्धित
Loading...