कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो


 



नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आजदेखि सर्लाहीमा सुरु भएको वडा अधिवेशनमा गोली चलेको छ ।

 




बलरा नगरपालिका-९ अचलगढमा वडा अधिवेशनमा दुई पक्षबीच विवाद भएपछि गोली चलेको हो ।

 

विवाद हुँदा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंग रक्षकले गोली चलाएका हुन् ।

 

मन्त्री सिंहसँग पार्टीकै केन्द्रीय नेता अमरेश सिंह निकटको नेताहरूले विवाद गरेको बताइएको छ ।

 

सोही क्रममा मन्त्रीको अंग रक्षकले गोली फायर गरेका हुन् ।

 

अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।

 

सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बलराको ८ र ९ नम्बर वडाको अधिवेशनमा विवाद हुँदा गोली फायर भएको बताए ।

 

उनका अनुसार कुनै मानवीय क्षति भने भएको छैन । विवादका कारण त्यहाँको अधिवेशन रोकिएको छ ।

 

उनका अधिवेशनस्थलमा झडप भएको थियो । सोही क्रममा मन्त्रीको अंग रक्षकलाई चोट पनि लागेको छ ।

११ वटा वडा रहेको बलरामा पाँच वडामा सहमति भएको छ । ४ वडामा छलफल चलिरहेको बताइएको छ । यी ४ वडामा सहमति नभए निर्वाचन गराउने निर्वाचन अधिकृतको तयारी छ ।



सम्बन्धित
Loading...