आगो ताप्ने क्रममा जलेर मृत्यु

माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ ।
लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो ।
उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए।
कुमालको यही फागुन ८ गते घरमा जलेर घाइते भएको प्रहरीले जनाएको छ ।