झापामा एक महिला मृत फेला




झापामा एक महिला मृत फेला परेकी छन् ।

जिल्लाको मेचीनगर नगरपालिका ५ पिपलडाँडा चोक बस्ने ६८ वर्षीय अम्बिका कुँवर मृत फेला परेकी हुन् ।




मृतक कुँवरको शव घर नजिकै रहेको बाँझो खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रहरीले अम्बिकाको हत्या भएको हुनसक्ने आशंका गरेको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको र अनुसन्धानकै क्रममा मेचीनगर नगरपालिका ५ बस्ने २७ वर्षीय रणबहादुर बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि स्वास्थ्य विधि विज्ञान प्रयोगशाला धरान पठाइएको छ ।



सम्बन्धित
Loading...