बागलुङको निसीखोलामा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु


 



बागलुङको निसीखोला गाउँपालिकामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 

 

ध २प १९२१ नंको मोटरसाइकल दुर्घटना हुँदा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

 

 




झिवाखोलाबाट याङम्याङतर्फ जाने क्रममा गहतेरा खोला नजिकै दुर्घटना भएको हो । मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खोलामा खसेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

 



सम्बन्धित
Loading...