भतिजाको हत्या गरेको आरोपमा काका पक्राउ
भतिजाको हत्या गरेको आरोपमा काका पक्राउ

२६ फागुन, गोरखा ।
दाउराको चिर्पटले हिर्काएर भतिजाको हत्या गरेको आरोपमा गोरखा नगरपालिका–१२ छापगाउँका चाउरे भन्ने पदमबहादुर कुमाल पक्राउ परेका छन् ।
५९ वर्षीय कुमाललाई हत्या आरोपमा बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका कुमालले सामान्य कुरामा विवाद हुँदा भतिजा काशिराम कुमाललाई चिर्पटले टाउकोमा हिर्काएका थिए ।
घाइते काशिरामको घटनास्थलमै मृत्यु भएपछि परिवारजनले चाउरेविरुद्ध प्रहरीमा जायरी दिए ।
सोही जाहेरीको आधारमा चाउरेलाई पक्राउ गरिएको प्रहरी निरिक्षक धर्मबहादुर अधिकारीले बताए ।
उनी विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।