बैतडीमा मा`ओवादी उम्मेदवारमाथि खु`कुरी प्र`हार




बैतडीमा माओवादी नेता माथि खुकुरी प्रहार भएको छ । डिलासैनी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य उम्मेदवार समेत रहेका माओवादीका स्थानीय नेता हरिराम साउदमाथि खु`कुरी प्रहार भएको छ।

 

६० वर्षका साउदमाथि गए राति खुकुरी प्रहार भएको हो।उनीमाथि स्थानीय एमाले कार्यकर्ताले खुकुरी प्रहार गरेको आ`रोप छ।

 




घा`इते साउदको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर थप उपचारका लागि धनगढी पठाइएको छ।

 

उनको टाउकोमा गम्भीर चोट छ भने टाँका लगाइएको छ।घटनामा संलग्नको खोजी भइरहेको प्र`हरीले जनाएको छ।

 



सम्बन्धित
Loading...