भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश, देउवाले गरे पार्टीमा स्वागत


 



अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् ।

 

यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए ।

 




उनीहरुलाई अभिनेता निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ । यसअघि एमालेमा संलग्न रहेपनि अभिनेता केसी निष्क्रिय जस्तै थिए ।

 

स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारेपनि पछि अस्वीकार गरेका थिए । यस्तै खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् ।

 

पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका थिए ।

 



सम्बन्धित
Loading...