ठुलो मात्रमा लागु औषध सहित २ जना पक्राउ




ईलाका प्रहरी कार्यालय बेलाटारील र प्रहरी चौकी गुठीप्रसौनीले संयुक्त रुपमा ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ ।

 

प्रतापपुर गाँउपालिका वार्ड न. ५ बैदैली स्थित भित्रि सडक खण्डमा दक्षिणबमट उत्तर तर्फ आउदै गरेको युपी ५६ एएन ३९४२ न को मोेटरसाईकलको डिक्किमा लुकाएर राखेको अवस्थामा प्रहरीले लागुऔषध फेला पारेको हो ।

 




डाईजापाम – १७५ एम्पुल , फेनारगन – १७छ एम्पुल र नुफिन – १७५ एम्पुल नामक लागुऔषध  दुई भारतिय नागरिकबाट जफत गरिएको हो ।

 

प्रहरीले मोटरसाईकल चालक भारतको महाराजगंज जिल्ला बस्ने २० वर्षिय भोलु चौहान र भारतकै गोरखपुर जिल्ला ग्राम गोरखपु्र बस्ने १९ वर्षिय राकेश सहनी लाई पकाउ गरी थप अनुसन्धान अधि सारेको बताएको छ ।



सम्बन्धित
Loading...