होटलमा एक युवकको शङ्कास्पद मृत्यु


 



कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन् ।

 

भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

 




प्रहरीका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ ।

 

घटनाको जानकारी पाएपछि आक्रोशित मृतकका आफन्तहरुले होटलमा ढुंगामुढा गरेका छन् ।



सम्बन्धित
Loading...