अनुभव रेग्मीलाई उमेरले दियो धो`का


चलचित्र ‘नाइँ नभन्नु ल’ र अनुभव रेग्मी एक`अर्काका परिपुरक जस्तै भैसकेका छन्। ‘नाइँ नभन्नु ल’का सिरिज हेर्ने दर्शकका लागि अनुभव बानी परि`सकेका छन्।



विकाश आचार्यको ‘नाइँ नभन्नु ल’ ब्राण्डमा अनुभवको इन्ट्री दोस्रो सिरिज`बाट भएको हो। उनले चलचित्रको ५ औँ सिरिज`सम्म सफल अभिनय गरे। उनलाई दर्शकले निक्कै रु|चाएका पनि छन्।

‘नाइँ नभन्नु ल’ ब्राण्डमा अभिनय गर्दागर्दै लक्का जवान भएका अनुभव यसको नयाँ सिरिजमा भने नअटाउने भएका छन्।




‘नाइँ नभन्नु ल ६’ निर्माणको घोषणा भएसँगै उनी यो चल`चित्रमा नरहने कुरा सार्वजनिक भएको हो। ‘नाइँ नभन्नु ल ४’बाट ठूलो पर्दामा डेब्यु गरेकी आँचल शर्माले ‘नाइँ नभन्नु ल ६’मा अभिनय गर्ने पक्का भएको छ।

विकाश आ`चार्यले निर्देशन गर्ने यो चल`चित्रमा अनुभव नदेखिने भएपछि चलचित्रको स्वाद खस्किने चर्चा सुरु भएको छ।

अनुभव बाल`कलाकारको रुपमा ने`पाली सिने`मामा स्थापित भएका हुन्। उनको लोक`प्रियता निक्कै लोभलाग्दो छ। उनी ‘नाइँ नभन्नु ल’ सिरिजका एक हिस्सा नै मा`निन्छन्। दर्शकले ‘नाइँ नभन्नु ल’को सिरिज सम्झँदा अनु`भवलाई बिर्सिंदैनन्।

उमेर बढेका कारण अनुभवको ‘नाइँ नभन्नु ल ६’मा भूमिका नरहने निर्देशक आचा`र्यले बताएका छन्। चलचित्रका लागि अन्य कला`कारको खोजी भैर`हेको नि`र्देशक आचार्यको भनाई छ।

 



सम्बन्धित
Loading...