नेकपा नेता धर्मेन्द्र बास्तोला पक्राउ



नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका बास्तोलासहितका तीन नेतालाई बिहीबार बिहान भालुबाङमा नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।



पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीबार बिहान ५ बजे दाङको भालुवाङबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बुटवलमा बम विस्फोट गराएको आशंकामा प्रहरीले उनलाई गिरफ्तार गरेको जनाइएको छ ।




सोहि पार्टीका नेता गुणराज लोहनीले बास्तोलाको गिरफ्तारी षडयन्त्रपूर्वक भएको भन्दै तुरुन्त रिहाइको माग गरेका छन् ।

उनीहरुलाई पक्राउ गर्ने नीति नभएको र सामान्य सोधपुछका लागि मात्रै नियन्त्रणमा राखेको प्रहरी स्रोतको भनाइ छ ।

नेत्रविक्रम चन्दले कारबाही गरेपछि बास्तोला र हेमन्तप्रकाश वलीले उल्टै चन्दलाई कारबाही गरी नेकपा बहुमत गठन गरेका थिए । बास्तोला र वलीले निर्वाचनमा सहभागी नहुने धारणा अघि सारेका थिए भने चन्द निर्वाचनलाई उपयोग गर्ने रणनीतिमा लागेका थिए । चन्द विभिन्न ठाउँमा स्वतन्त्र उम्मेद्वार बनाएर निर्वाचनमा सहभागी भएका छन् ।

बास्तोला र वलीले निर्वाचन बहिस्कार गर्ने रणनीति बनाएका कारण निर्वाचन सुरक्षालाई मध्यनजर गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अब उनीहरुलाई के गर्ने भन्ने विषयमा प्रहरीले हेडक्वार्टरसँग सल्लाह लिइरहेको छ ।



सम्बन्धित
Loading...