नवलपुरमा लिफ कार्यक्रमको जिल्ला स्तरीय सहमति परामर्श कार्यक्रम
नवलपुर । लिफ कार्यक्रम अन्तरगत नवलपुर जिल्ला स्तरीय सहमति परामर्श कार्यक्रम आज कावासोतीमा भएको छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, साझेदारी वन लगायत सरोकार वालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा रिकप्टका प्रदिप बुढाथोकी र सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहभागी जेष्ठ नागरिक शिवकुमार भण्डारीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष मना भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
नेपालले कार्वन उत्सर्जन न्यूनीकरण गरेवापत नेपाललाई आउने आर्थिक सहायताको बारेमा जानकारी गराउन र त्यसपछि सञ्चालन हुने विभिन्न कार्यक्रमको बारेमा जानकारी गराउन आज जिल्ला स्तरीय सहमति परामर्श कार्यक्रम गरेको हो ।
यो कार्यक्रम नेपालको गण्डकी प्रदेश, लुम्बनी प्रदेश र बाग्मती प्रदेशका ३६ वटा जिल्लामा लागु भएको छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले यस कार्यक्रम अन्तरगत आदिवासी जनजाति समुदायमा आउने लक्षित कार्यक्रम जनजाति महासंघ मातहतका संस्थाबाट सञ्चालन गर्न पाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा ४० जना भन्दा बढीको सहभागिता रहेको थियो ।