कपिलवस्तु घटनाः प्रहरीको गोलीबाट मारिने भारतीय नागरिक

बिहीबार दिउँसो कपिलवस्तुमा प्रहरीको गोली लागेर मृत्यु हुने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ । प्रहरीको गोली लागेर सुरजकुमार पाण्डेको मृत्यु भएको थियो ।
उनी भारतीय नागरिक भएपनि नेपाली भूमिमा चिया पसल सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।
लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार साँझदेखि नै हिन्दु र मुस्लिम समूदायबीच विवाद भएपछि प्रहरीले बिहिबार निषाेधाज्ञा जारी गरेको थियो । यसको अवज्ञा गरेपछि प्रहरीले गोली चलाएको थियो ।
सम्बन्धित समाचार
कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट एकजनाको मृत्यु
मूर्ति बिसर्जनका क्रममा तनाव, १० घाईते कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू