रंगशालामा फुटबल फर्कियो, दर्शक फर्किएनन्
काठमाडौं । काठमाडौंको दशरथ रंगशाललामा शहीद स्मारक ए डिभिजन लिग हुन छाडेको ५ वर्ष भयो । भूकम्पका कारण क्षतिग्रस्त मैदान पुनर्निर्माणमा समय लाग्दा रंगशालामा फुटबल खेल हुन सकेन । गत वर्षदेखि लिग सुरु भए पनि एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल खेलमैदानमा खेलाइएको थियो ।
यही मंसिर १५ देखि २५ सम्म भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० अघि दशरथ रंगशाला तयार भयो र पुरुष फुटबलका खेलहरु सञ्चालन भयो ।
सागलगत्तै सुरु भएको ए डिभिजन लिगका खेलले दशरथ रंगशालामा फुटबल फर्काएको छ ।तर शनिबार सुरु भएको लिगको सुरुवाती खेलहरुमा दर्शकको संख्या निकै कम छ ।
हालै राखिएको दशरथ रंगशालाका नयाँ कुर्चीहरु खाली छन् । सोमबार संकटा र च्यासलबीचको खेलमा रंगशालामा दर्शक खासै देखिएनन् ।