देवचुलीका कृषक समूहलाई हाते ट्याक्टर वितरण




भीम भुसाल –
१२ जेष्ठ, देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले नगरभित्रका ५ कृषक समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि शाखा देवचुलीले ५० प्रतिशत अनुदानमा सामुहिक खेती गर्ने ५ कृषक समुहलाई हाते ट्याक्टर वितरण गरेको हो ।
चालु आर्थिक बर्ष ०७६÷०७७ को बजेट अन्र्तगत कृषि शाखा देवचुलीले सामुहिक कृषक समूहलाई प्रति ट्याक्टर ३९ हजार ५ सय रुपैयाका दरले ५ वटा ट्याक्टर वितरण गरेको छ ।
देवचुली २ को भाग्यमानी तरकारी फर्म, देवचुली ७ को कृषि जागरण समुह, देवचुली १४ को जनज्योती मार्ग कृषक समुह, देवचुली १० को मिलिजुली कृषक समुह र पुण्यकृती कृषक समुहलाई हाते ट्याक्टर उपलब्ध गराएको कृषि बिकास शाखा देवचुलीका प्रमुख नरेन्द्र भण्डारीले बताए ।
सोमबार बिहान समुहका प्रतिनिधीलाई हाते ट्याक्टर बितरण गरिएको भण्डारीले बताए ।



सम्बन्धित
Loading...