बर्दघाट नगरपालिका प्रमुख बस्याललाई कोरोना संक्रमण
नवलपरासी। बर्दघाट नगरापालिकाका नगर प्रमुख धीरज शर्मा बस्याललाई कोरोेना संक्रमण पुष्टि भएको छ । उनले नेशनल ल्याब बुटवलमा सोमवार कोरोना परिक्षण गराएका थिए ।
नगर प्रमुख बस्याल सहित पत्रकार प्रमोद अर्याललाई समेत कारोना संक्रमण देखिएको हो । लगातार रुघा खोकी र ज्वरो आएपछि पिसिआर परिक्षण गरिएको र परिक्षणमा कोरोना पोजिटिभ देखिएको नगर प्रमुख बस्यालले बताए । बस्यालले कोरोना संक्रमणबाट बच्न नगरवासीलाई आग्रह समेत गरे ।
https://www.youtube.com/watch?v=eAjyZftV5Sw&t=209s
साथै आफूसंग प्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई कोरोनाको लक्षणहरु देखिएमा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगर प्रमुख बस्यालले अनुरोध गरे । संक्रमित दुवै जना अहिले होम आइसोलेशनमा छन । दुवै जनाको अवस्था सामान्य रहेको छ ।
