नवलपरासीमा पुजारी हत्या आरोपमा भारतीय नागरिक पक्राउ
नवलपरासी, २९ कात्तिक । पश्चिम नवलपरासीको सुस्तामा मन्दिरका पुजारीको हत्या आरोपमा भारतीय नागरिकलाई प्रहरीले पक्राउ परेका छन् ।
०९ कात्तिकमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ४ पश्चिम टाँडी निवासी ७२ बर्षीय पुजारी महंगु केवटको हत्या भएको थियो ।
प्रहरी भारतको महाराजगञ्जको निचलौल निवासी २१ बर्षीय धनञ्जय मौर्यलार्ई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका मौर्यले पुजारीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए ।
प्रहरीले उनलाई नवलपरासीको प्रतापपुर गाउँपालिका ६ कठहवाबाट पक्राउ परेको हो ।
प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।
https://www.youtube.com/watch?v=duxk6Zc44II