११ महिनामा आगलागीबाट ८३ जनाको मृत्यु, दुई अर्बभन्दा बढिको क्षति




पछिल्लो ११ महिनामा आगलागीका घटनामा परी देशभर ८३ जनाको मृत्यु भएको छ ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख १ देखि फागुन २४ गतेसम्मको अवधिमा आगलागीका घटनामा परी उनीहरुको ज्यान गएको हो ।

 




यो अवधिमा देशभर २ हजार ८६ वटा आगलागीका घटना रेकर्ड भएका छन् । यीमध्ये २ हजार २० वटा आगलागी घर, गोठ, उद्योग र कारखानामा भएका हुन् भने ६६ वटा जंगलमा ।

 

घर, गोठ, उद्योग र कारखानामा लागेको आगलागीमा परी ८० जना र जंगलमा लागेको आगलागीमा परी ३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

आगलागीमा परी हालसम्म ३५२ जना घाइते भएका छन् । आगलागीका घटनाबाट २ हजार ४२२ परिवार प्रभावित भएको प्राधिकरणले बताएको छ ।

 

प्राधिकरणका अनुसार आगलागीले यो वर्ष हालसम्म २ अर्ब २ करोड ८७ लाख १० हजार १२४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । न्युज कारखाना



सम्बन्धित
Loading...