घु`स लिएको आ`रोपमा मालपोत कार्यालय खरिदारविरुद्ध भ्र`ष्टाचार मुद्दा


 



घु`स लिएको आ`रोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित मालपोत कार्यालय टोखाका खरिदार विनोद तिवारीविरुद्ध विशेष अदालत काठमाडौंमा मु`द्दा दायर गरेको छ ।

 




मु`द्दा फाँटमा कार्यरत तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा बनाउने काममा सहजीकरण गरेबापत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको अख्तियारको आ`रोप छ ।

 

विशेष सूचनाको आधारमा अख्तियारको टोलीले तिवारीलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घु`स लिइसकेको अवस्थामा ४ वैशाखमा नियन्त्रणमा लिएको थियो ।

 

अनुसन्धानको क्रममा तिवारीले सेवाग्राहीसँग २० हजार रुपैयाँ घु`स लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मु`द्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

 

 



सम्बन्धित
Loading...