यातायात कार्यालयमा दलाली गर्ने १० जान प्रहरीकाे फन्दामा


 



ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई अवरोध पुर्‍याएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

 

ललितपुर महानगरपालिका-१३ स्थित कार्यालय परिसरमा सेवाग्राहीको काममा अवरोध पुर्‍याउने, अभद्र व्यवहार गरेको भन्दै प्रहरीले १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

 




अनावश्यक रूपमा दु:ख हैरानी दिएको भन्ने गुनासो पछि प्रहरीको टोली खटिएको थियो।

 

उनीहरूलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।

 



सम्बन्धित
Loading...