विजयनगरमा जसपाको घरदैलो तिब्र


कपिलवस्तु । जनता समाजवादी पार्टीले विजयनगर गाउँपालिकाको वडा न.२ मा घरदैलो अभियान लाई  तिव्रता दिएको छ ।  आसन्न स्थानीय तहको निर्वाचमा जसपा उम्मेदवार विजयी गराउन वडा न.२का अध्यक्ष पदका उम्मेदवार सन्तराम तेलि सहित अध्यक्ष उपाध्यक्ष उम्मेदवार जनकी प्रसाद यादव र गुन्जेश्वरी चौधरीको टोलि विजयनगर २ का लोहरौला लगाएतका बिभिन्न ठाउँमा घरदैलोमा पुग्दा स्थानियको जसपामा उस्साहजनक सहभागिता रहेको थियो । वडा न.२ का अध्यक्षका उम्मेदवार सन्तराम तेलिले वडाको विकास र परिवर्तनको लागि वडावासीहरुको माग र चाहना अनुसार आफ्नो उम्मेदवारी रहेकोले आफुले शिक्षा, स्वास्थ्य र युवा रोजगारीको सुनिश्चित भौतिक पुर्वाधारको विकासमा जोड दिदै अगाडि बडी पालिका र वडा वासीको चाहाना मनोभावना अनुसारका काम गर्दै जाने बताए  ।
सवैलाई मिलाएर लैजान सक्ने क्षमता भएका सवैका प्रिय एंव बौद्धिक नेता टेलि वडाका सम्पूर्ण अग्रज नेता कार्यकताको समेत अफुलाई पूर्ण साथ सहयोग रहेको हुँदा विजयनगर गाउँपालीकामा जसपाको विजयी सुनिश्चित रहेको समेत उनले दावी गरे ।



सम्बन्धित
Loading...