नवलपुरः देवचुली १६ को मतपेटिका शिल तोडिएको भन्दै पुन मतदान माग

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १६ मा मत पेटिकामा शिल तोतिएको र मुचुल्कामा भन्दा बढी मत पत्र भेटिएको भन्दै पुन मतगणना गर्न मा गरिएको छ ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनका उम्मेदवारहरुले विज्ञप्ति नै जारी गरी देवचुली १६ मा पुन मतदानको माग गरेका हुन् । २९०५ मत भएकोमा २९०९ मत भेटिएको र मतपेटिकाको शिल तोडिएको अवस्थामा भेटिएको भन्दै उनीहरुले पुन मतदानको माग गरेका हुन् ।
देवचुली १६ मा २७ सय मत गणना सकिएको थियो । २७ सय मत गन्दासम्म वडाध्यक्षमा एमाले र माओवादी केन्द्रको मत बराबरी रहेको थियो भने सदस्यहरु एमालेका उम्मेदवारहरु अगाडि रहेका छन् ।
साढे ८ बजेदेखि देवचुली १६ को मतगणना रोकिएको छ । देवचुली १७ लगायतको मतगणना भने चलिरहेको छ ।
देवचुलीमा अहिलेसम्म देवचुली १, २ र ३ को मतगणना सकिएको छ । जसमा देवचुली १ मा नेकपा एमालेका कृष्णबहादुर केसी, देवचुली २ मा एमालेका सरदप्रसाद अधिकारी र देवचुली ३ मा नेपाली काँग्रेसको होमनाथ पौडेल निर्वाचित भएका छन् ।
मतगणना सकिएको ३ वटा वडाको अन्तिम मत परिणाम अनुसार नगरप्रमुख उपप्रमुखमा एमालेको अग्रता रहेको छ ।