नवलपुरमा घट्दै सक्रिय संक्रमित, ३६२ मा झर्यो संक्रिय संक्रमित
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या घटेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार मंगलबार सक्रिय संक्रमितको संख्या ३ सय ६२ रहेको छ ।
भदौ १ गते यो नवलपुरमा सक्रिय संक्रमितको संख्या नवलपुरमा ५ सय ६२ रहेको थियो । ९ दिनको समयमा २ सय सक्रिय संक्रमित घटेको छ ।
त्यसैगरी भदौ २ गते ४९५ थियो भने भदौ ३ गते ४६२ रहेको थियो । त्यसैगरी भदौ ४ गते ४६७, भदौ ५ गते ४४७, भदौ ६ गते ३६३, भदौं ७ गते ३२५ रहेको थियो ।
मंगलबारसम्म सक्रिय संक्रमितको संख्या गैडाकोटमा ७२, देवचुलीमा ७५, कावासोतीमा ८९, मध्यविन्दुमा ४०, विनयी त्रिवेणीमा ३७, हुप्सेकोटमा ९, बुलिङटारमा १७ र बौदीकालीमा ५ जना रहेका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार मंगलबार ३ सय १३ जनामा परीक्षण गरिएकोमा जम्मा ८६ जनामा पोजेटिभ देखिएको छ । मंगलबार गैडाकोटमा ४८, देवचुलीमा २२, कावासोतीमा ६, मध्यविन्दुमा ३, विनयी त्रिवेणीमा ४, हुप्सेकोटमा ३ जनामा पोजेटिभ देखिएको हो ।
नवलपुरमा कोभिड १९ शुरु भए यता १ सय ६१ जनाले कोभिड १९ कारण ज्यान गुमाएका छन् भने बैशाख १ गते यता कोभिड १९ का कारण नवलपुरमा १ सय २९ जनाको निधन भएको छ । संक्रमितको संख्या घटेसँगै निधन हुनेको संख्या पनि घट्न थालेको छ ।
त्यसैगरी मंगलबार ४९ जना संक्रमित निको भएका छन् ।