समुह अनुसार हेर्नसहोस

स्थानीय

कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले आफूले बर्ष भरी गरेको कामको सार्वजनिक सुनुवाई गरेको छ । कावासोती नगरपालिकाको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासामा कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसाल, नगर…

कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द

कावासोती। नवलपुरको कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार गर्न नपाउने भएको छ । कावासोती नगरपालिकाले सूचना जारी गर्दै साइकल, मोटरसाइकल, अटो तथा गाडीमा सामग्री राखेर घुम्ती व्यापार गर्न नपाउने जनाएको हो । यहाँका अनुमति लिएर सञ्चालनमा…

कावासोती नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयहरुलाई सम्मान

रामकुमार श्रेष्ठ - कावासोती । नवलपुरको कावासोती नगरपालिकाको शिक्षा शाखाले यस बर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक र विद्यालयहरुलाई मंगलबार सम्मान गरेको छ । नगरपालिकामा सम्मानको कार्यक्रम आयोजना गरी पछिल्लो परीक्षामा ए प्लस…

एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने समता निकेतन सम्मानित

कावासोती । नवलपुरको कावासोतीमा रहेको समता शिक्षा निकेतन एसईई २०८१ को नतिजामा नगरपालिकाका सर्वोत्कृष्ट विद्यालयमा छनोट भई सम्मानित एंवम् पुरस्कृत भएको छ । ४० जना भन्दा धेरै बिद्यार्थीहरू परिक्षामा सहभागी गराई समता शिक्षा निकेतन , कावासोती…

कावासोतीमा फागुन ८ देखि एचपिभी खोप

रामकुमार श्रेष्ठ - नवलपुर (कावासोती) । नवलपुरको कावासोती नगरपालिकामा फागुन ८ गतेदेखि कक्षा ६ मा अध्ययनरत ८ सय बढी बालिकालाई एचपीभी खोप लगाइने भएको छ । यो खोप महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सबाट बच्नका लागि लगाइने खोप हो ।…

नवलपुरमा वेवारिसे भरुवा बन्दुक फेला

नवलपुर । नवलपुरको बुलिङटारमा १ थान भरुवा बन्दुक फेला परेको छ । प्रहरी चौकी बुलिङटारको टोलीले गस्ती गर्ने क्रममा बुलिङटार गाउँपालिका १ कोलडाँडा स्थित बारीको काल्लामा स्याउलाले छोपी राखेको अवस्थामा भरुवा बन्दुक फेला पारेको हो । उक्त…

कावासोतीमा गैडाले हानेर १ जना घाइते

नवलपुरको कावासोती १७ अमलटारी घाटमा गैडाले हानेर १ जना घाइते भएका छन् । स्थानीय बासिन्दाका अनुसार आज दिउँसो १२ बजेतिर गैडाले हानेर कावासोती १७ निवासी ४० बर्षीय हेमबहादुर कुमाल घाइते भएका हुन् । उनी अटो चालक हुन् । उनलाई गैडाले पछाडिबाट…

निर्वाचन कारण पछाडि घकेलियो कावासोती खानेपानीको रजत जयन्ती समारोह

रामकुमार श्रेष्ठ -  नवलपुर । निर्वाचनका कारण कावासोती नगरपालिकाको रजत जयन्ती समारोह पछाडि धकेलिएको छ । सोमबार कावासोती खानेपानीमा बसेको रजय जयन्ती आयोजक समितिको सचिवालयको वैठकले समापन समारोह लगायतका कार्यक्रम पछाडि गर्ने निर्णय गरेको हो…

विद्यालयको गम्भीर लापरवाही, प्राङ्गण भित्रै स्कूल बसको ठक्करबाट ४ बर्षीया विद्यार्थीकोे मृत्यु

कुसुम परियार -  नवलपुर । नवलपुरको एक विद्यालय प्राङ्गणमै बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । देवचुली नगरपालिका–१ केउरेनीस्थित नेपाल नमुना माध्यामक विद्यालयको प्राङ्गणमा सोही विद्यालयको लु १ क ३८१४ नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत…

ट्रकमा च्यापिएका कावासोतीका युवकको साढे ४ घण्टामा उद्दार

नवलपुर - नवलपुरको कावासोती नगरपालिका–१६ स्थित चालिसकिलो जंगलमा ट्रकमा च्यापिएका सहचालकको साढे ४ घण्टा पछि उद्दार गरिएको छ । कावासोतीबाट चोरमारातर्फ जाँदै गरेको मधेष प्रदेश ०३–००१ ख ८४७२ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ४० फिट तल…