पार्टीहरुले दलितलाई निर्णायक पदमा टिकट दिएन


रामकरण अम्बेडकर परासी –



पश्चिम नवलपरासी पाल्हीनन्दनमा दलितहरुको जनसंख्या बढी भए पनि दलितहरुलाई कुनै पार्टीहरुले उच्च पदको उमेदवारको टिकट नदिएकोले अधिवक्ता मनोज कुमार हरिजन नागवंशीले गाउंपालीका अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी गरेका छन ।

दलित समुदाय संग आर्थिक अवस्था कमजोर रहे पनि भोट सब भन्दा बढी देखिएको कारण दलित समुदायको ब्यक्ति लाई उमेदवारी दिनको लागि पार्टीका कार्यकर्ताहरुले पैसा खर्च गर्न सकनु हुन्छ भन्दै पार्टीहरुले दलितहरु लाई टिकट दिनमा आलटाल गरी उमेदवारीको लागि टिकट दिएन दलित उमेदवारले बताएका छन ।




पार्टीमा सदस्यता दिनको लागि छाप्रोको घरमा पुगी सदस्यता दिन्छन चुनावको बेला उमेदवारी दिने बेला  आर्थिक हैसियत हेर्छन अब हामी भोटर भएर मात्र बस्दैनौ हामीलाई पनि बराबरको उमेदवारी चाहियो दलितहरुले दावी गरेका छन ।

द्ववन्दकालमा मदेशमा माओबादी भनेकै सब भन्दा बढी मओबादीमा दलितहरुनै थिए भन्दै दलितहरुलाई विभिन्न यातना हुन्थयो तर अहिले पार्टी सत्ता सरकारमा आएपछि मओबादी गरीब  र दलितहरुलाई ब्यवासता गर्दै जमिन्दार र उच्च स्तरका पैसावालाहरु लाई मात्र पार्टीमा उमेदवारीको ग्राहिता दिएको छ  अहिले कम्युनिष्ट पार्टीहरुमा पनि  दलितहरु लाई स्थान नदिई  गैर दलितहरुलाई मात्र निर्णायक पद दिए पछि दलित समुदायले असन्तुष्ट रहेको दलितहरुले बताए  ।

पाल्हीनन्दन गाउंपालीका स्तरिय दलित समुदायका ब्यक्तिहरुलाई भेला गरी  समाजिक राजनितीक सम्बन्धमा छलफल गर्दा हाम्रो दलितहरुको सब भन्दा बढी भोट छ तर हामी दलितहरु राजनितमा कहिले अगाडी बढछौ विषयमा छलफल गर्दा यस पाली हामीलाई पार्टीहरुले टिकट दिएन भने हाम्रो दलित समुदायबाट एकजनालाई स्वतन्त्र उमेदवारी गर्नु पर्छ समुदायको सरसल्लाहबाट उमेदवारी गरेको अधिवक्ता मनोज कुमार नागवंशीले बताए ।

उनका अनुसार पाल्हीनन्दन गाउंपालीका स्तरिय भेलामा शंकरपुर रमपुरवा सुनरी महेशपुर भक्सीपुर हरपुर कुश्मा परसिया बेलाशपुर लोहरौली पाल्ही बैरवा लंगडीपाकड बिशुनपुरा गेरमी सिसवा गेरमा सनई रगरगंज पडरी ब्रमपुरवा पिपरहवा लगायतका १ देखि ६ नं वडाका सम्पुर्ण साथीहरु संग समुदाय र राजनितिक सनदर्भमा छलफल गरी मनोनयन पत्र दर्ता गरेको हो ।

कुनै पार्टीले हाम्रो समुदायका अगुवा नेताहरुलाई निर्णायक पदमा उमेदवारी दिनको लागि टिकट नदिएपछि समुदाय र अन्य साथीहरु संग सल्लाह गरी पाल्हीनन्दन वडा नं ४ मा वडा अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी गरेको रामानन्द हरिजनले बताए ।

 

अहिले सम्म हाम्रो समुदायबाट उमेदवार भएर कोई भोटमाग्न आउनु भएको थिएन अन्य समुदायका उमेदवारहरु मात्र भोट माग्न आउंछन हाम्रो समुदायबाट स्वतन्त्र उमेदवारी गरेको कुरा सुनि हामीलाई खुशिलाग्यो कानुनले दिएको दलित महिला वडा सदस्य बाहेक अर्को पदमा दलितहरुलाई पार्टीहरुले टिकट नदिएको कुरा सुनिन्छ हामीहरु एक भई आफनो समुदायलाई अगाडी बढाउंछौ दलितहरुले बताए ।

 



सम्बन्धित
Loading...