झडप भएपछि काँग्रेस र माओवादीको संयुक्त अपिल


 



रुकुम पश्चिमका विभिन्न स्थानमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि दुई पार्टीले संयुक्त रूपमा विज्ञप्ति निकाल्दै संयमता अपनाउन अपिल गरेको छ ।

 

स्थानीय तह निर्वाचनको प्रचार प्रसारको सिलसिलामा विगत केही दिन यता रुकुम पश्चिम जिल्लाका विभिन्न स्थानमा भइरहेका हुलदङ्गा तथा झडपका घटनाहरूप्रति दुई पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

 




नेकपा माओवादी केन्द्र, रुकुम पश्चिमका संयोजक गोविन्द रोका र  नेपाली काँग्रेसका जिल्ला सभापतिले जारी गरेको  संयुक्त अपिलमा भनिएको छ कि , ‘केन्द्रीय सत्ता गठबन्धनको उद्देश्य र मर्ममाथि नै प्रहार हुने गरी भइरहेका यस्ता अवाञ्छित क्रियाकलापहरूबाट शान्तिपूर्ण र स्वच्छ निर्वाचनको वातावरण निर्माणमा नकारात्मक असर पर्ने देखिएले निर्वाचन प्रचार प्रसारको सिलसिलामा एक अर्काप्रति उत्तेजक अभिव्यक्ति नदिन, संयमित रूपमा प्रस्तुत हुन, मानिसहरूको भिडभाड नगराउन, युनिफर्म जस्तो देखिने पोसाक प्रयोग नगर्न, वडाभित्र अन्य वडाको व्यक्तिहरू भेला नगराउन, निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गर्न र हाल भइरहेका झडपजन्य गतिविधिहरू तत्काल रोकी जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सृजना गर्न आ–आफ्नो पार्टी पङ्क्तिलाई निर्देशन गर्ने सहमति भएको छ ।’

 

अर्थमन्त्री जनार्दन शर्मासहित मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र जिल्लास्थित राजनैतिक दलका शीर्ष नेतृत्वहरू सम्मिलित सर्वपक्षीय बैठकमा भएको सो सहमति पालना गर्नु गराउनु मातहतका पार्टी निकायहरू अपिल समेत गरिएको छ ।

 

 



सम्बन्धित
Loading...