वडा नं ३ मा माओबादी केन्द्रका समुह विजयी
रामकरण अम्बेडकर परासी ꓽ
पश्चिम नवलपरासी पाल्हीनन्दन गाउंपालीका वडा नं ३ मा नेकपा माओबादीका तर्फबाट वडा अध्यक्ष पदमा उमेदवारी दिएका गोधन प्रसाद हरिजनको खेमा विजयी हुनु भएको छ ।उहांको प्रतिद्वन्द्धीमा जनता समाजबादी प्रतिस्पर्धामा रहेका निजाम अन्सारी लाई ५६ मतले पछि पार्दै, त्यस्तै नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उमेदवार उपेन्द्र गुप्ता लाई ३१० मतले पछि पार्दै माओबादीका वडा अध्यक्ष समेत निर्वाचित जमात विजयी हुन सफल हुनु भएको छ ।पहिला पनि नेकपा मओबादीबाटै बिजयी भएका थिए ।अहिले उक्त पार्टीबाट वडा अध्यक्ष ८५८ महिला वडा सदस्य ७२० दलित महिला वडा सदस्य ७६५ वडा सदस्य दुई जना ६६८/६७९ मत लयाएर उमेदवारी गरेका समुह विजयी हुन सफल हुनु भएको छ ।