पाल्हीनन्दन ४ मा नेपाली कांग्रेसका समुह विजयी
रामकरण अम्बेडकर परासी ꓽ
पश्चिम नवलपरासी पाल्हीनन्दन गाउंपालीका वडा नं ४ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उमेदवारी दिएका रविन्द्र सहानीको खेमा विजयी हुनु भएको छ ।उहांको प्रतिद्वन्द्धीमा जनता समाजबादी प्रतिस्पर्धामा रहेका ब्यासमुनी यादव लाई ६२४ मतले पछि पार्दै, त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट वडा अध्यक्षका उमेदवार राधे गौड लाई ५८९ मतले पछि पार्दै नेपाली कांग्रेसका वडा अध्यक्ष समेत निर्वाचित जमात विजयी हुन सफल हुनु भएको छ । पहिलाको चुनावमा पनि नेपाली कांग्रस बाटै उमेदवारी गर्नु भएको थियो केही मतले पराजित हुनु भएको थियो । अहिले उक्त पार्टीबाट वडा अध्यक्ष पदमा रविन्द्र सहानी १०५४ महिला वडा सदस्य ८१२ दलित महिला वडा सदस्य ८४२ वडा सदस्य दुई जना ८१२/६९८ मत लयाएर उमेदवारी गरेका समुह विजयी हुन सफल हुनु भएको छ ।