रुखको हाँगो भाँचिएर सूचकको मृत्यु


 

 



सिंहदरबार स्थित राष्ट्रिय अनुसन्धान विभागको मुख्यालयमा रुखको हाँगो भाँचिएर सूचकको मृत्यु भएको छ ।

 

हिजो साँझ हावाहुरीको कारण भाँचिएको हाँगोले लागेर पाल्पाको रम्बा गाउँपालिका–५ घर २७ वर्षीय सूचक विजय कार्कीको मृत्यु भएको हो ।

 




हाँगाले लागेर घाइते भएका उनको उपचारको क्रममा बानेश्वर स्थित सिभिल अस्पतालमा गएराती मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

 

राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा क्यान्टिनबाट खाना खाएर निस्कँदै गर्दा हावाहुरीको कारणले भाँचिएको हाँगोले लागेको थियो । कार्कीको शव पोस्टमार्टमको लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

 



सम्बन्धित
Loading...