नवलपरासीमा २१८ बोरा अबैध चिनी बरामद


 



रामकरण अम्बेडकर परासी :




पश्चिम नवलपरासी बर्दघाट नगरपालीका १३ स्थितबाट ट्रक सहित २१८ बोरा अबैध चिनी शस्त्र प्रहरीले पक्राउ गरेको छ ।

आईतवार सवारी साधनलाई चेक जांच गर्ने क्रम्मा एउटा ट्रकमा  अबैधानिक तरिकाले राज्शव छलेर ल्याएको १०९ कुन्टल चिनी पक्राउ गरेको शस्त्र प्रहरीले बताए ।

बर्दघाट नगरपालिका-१३ धनेवा ईलाकामा भारतबाट ल्याएको चिनी नेपालको विभिन्न स्थानमा पुर्याउनको लागि  जम्मा गरी राखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण मातहत सुरक्षा वेश सेमरी,बाट शस्त्र प्रहरीका निरीक्षक नरेश कुमार खड्का र नेपाल प्रहरी सहितको संयुक्त गस्तीमा खटिएको टोलिले सोही ईलाकाको गोदाम अगाडी चिनी लोड गरिरहेको लु १ ख ९७६२ नम्बरको ट्रकलाई चेक जांच गर्ने क्रम्मा नियन्त्रणमा लिएको शस्त्र प्रहरीका डिएसपी माध्व रेग्मीले बताए ।

 

रेग्मीका अनुसार राज्शव छली गरी ट्रकभित्र लोड गरि राखेको अवस्थामा चिनीको विल  भौचर फेला नपरेपछि ट्रक चालक समेत लाई पक्राउ गरि आवश्यक कार्यवाहीको लागि राजश्व एवंम् अनुशन्धान कार्यालय बुटवलमा बुझाईएको छ । बरामद ट्रक र १०९ कुन्टल चिनीको भन्सार दाखिला मुल्य १७लाख ६३ हजार रुपैयाँ रहेको छ ।



सम्बन्धित
Loading...