रडले हानेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ


 



मोरङ प्रहरीले श्रीमतीको हत्या गरेर फरार भएका श्रीमानलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभर रहेका छन्।

 

मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार घरायसी विवादको कारण श्रीमती ३५ वर्षीया गीतादेवी राजभरको हत्या गरी फरार रहेका राजभरलाई मंगलबार पक्राउ गरिएको हो।

 




जेठ ६ गते राति ९ बजे उनीहरूबीच घरायसी झगडा भएको थियो। झगडामा राजभरले श्रीमतीमाथि काठ र फलामको रडले टाउको र कम्मरमा प्रहार गरेका थिए।

 

श्रीमतीको मृत्युपछि उनी फरार रहेका उनलाई चार दिनपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

 

पक्राउ परेका उनीमाथि मोरङ जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसूरमा दुई दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए।



सम्बन्धित
Loading...