प्रभावकारी बन्दै चण्डेश्वरी मा. वि.को “पढ्दै कमाउँदै आयमूलक कार्यक्रम”



कावासोती । नवलपुरको कावासोती – १५ मा रहेको चण्डेश्वरी माविमा विद्यार्थीहरुको लागि पढ्दै कमाउदै आयमूलक मार्यक्रम प्रभावकारी बन्दै गएको छ । चण्डेश्वरी माविले पढ्दै कमाउँदै आएमूलक कार्यक्रम सञ्चालन गरेको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ७, ८, ९ र १० मा विद्यार्थीहरु पढ्दै कमाउँदै कार्यक्रममा समावेश गरीएको विद्यालयकी प्रधानाध्यापक लक्ष्मी न्यौपानेले बताए ।
विद्यालयका विद्यार्थीहरु “पढ्दै कमाउँदै आयमूलक कार्यक्रम” अन्तरगत कृषि कार्यसँग जोड्दै आएको उनले बताए ।




“पढ्दै कमाउँदै आयमूलक कार्यक्रम” का लागि कावासोती नगरपालिका वडा नं १५ को वडा कार्यालयको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक बजेटबाट विनियोजित रकम रु १ लाख ७५ हजारबाट कार्यक्रम संचालन गरिएको हो ।

वडा कार्यालयको आर्थिक संयोजन तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा विद्यालयले जोत भोग गर्दै आएको खेतीयोग्य कुल जग्गा २ बिघा १० कट्ठा मध्ये १ बिघा र १५ कट्ठामा तिलखेती , १० कठ्ठामा धान खेती र पाँच कठ्ठामा मास खेती कार्यक्रम संचालन गर्दै आएको छ ।

“पढ्दै कमाउँदै आयमूलक कार्यक्रम” अन्तर्गत शुक्रबार विद्याथीहरुले १५ कठ्ठामा लगाईएको तिल काट्ने, मुठो बनाउने, सुकाउने र झार्ने कार्य सम्पन्न गरेको छ ।
विद्यालयले “पढ्दै कमाउँदै आयमूलक कार्यक्रम” अन्र्तगत नै कावासोती नगर शिक्षाको कृषि प्राविधिकको सहयोगमा धानको ब्याड राखी असार १५ गते अर्थात धान दिवसको अवसरमा पन्चेबाजा सहित धान रोपाई कार्य सम्पन्न गरेको छ भने अहिले तिनै रोपिएको धान गोड्ने कार्य समेत गर्दै आईरहेको छ ।

कावासोती नगरपालिका वढडा नं. १५ का वडा अध्यक्ष तेज प्रसाद श्रेष्ठले “पढ्दै कमाउँदै आयमूलक कार्यक्रम” प्रभावकारी बन्दै गएको र यस कार्यक्रमबाट शिक्षण सिकाई क्रियाकलाप सग सँगै आयमूलक कार्यमा जोड्दै लैजान सकिने बताए । अध्यक्ष श्रेष्ठले पढ्दै कमाउँदै आयमूलक कार्यक्रमबाट प्राप्त आम्दानीले गरिब तथा जेहनदार विद्यार्थी भाइबहिनीहरूलाई छात्रवृत्ति प्रदान गर्न सकिन, विद्याथीहरूलाई किताबी ज्ञान मात्रै नभई व्यवहारिक ज्ञान प्रदान सकिने भएकाले गर्दा समेत कार्यक्रम प्रभावकारी बन्दै गएको बताए ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष टंकप्रसाद बस्यालले विद्यार्थीहरुलाई अन्य क्षेत्रको कृषि फर्ममा भ्रमण गराउने, प्रतिवेदन लेखन र प्रस्तुति गराउने साथै आ–आफुले के कस्तो उपलब्धि र ज्ञान हासिल गर्यो कक्षा कोठामा छलफल तथा गोष्ठी चलाउने र घर परीवारमा समेत अभिभावकले आफ्ना बालबालिकासँग छलफल गर्ने हो भने कार्यक्रम अझ प्रभावकारी भएर जाने बताए ।

विद्यालय संचालक समिति अध्यक्ष रुमाकान्त पाण्डे पढ्दै कमाउँदै आयमूलक कार्यक्रको थोरै लागतमा संचालन गरीएको भएपनी कार्यक्रम प्रभावकारी बनेको बताए । अध्यक्ष पाण्डेले वडा कार्यालयबाट प्राप्त रु १ लाख ७५ हजार, अभिभावक र शिक्षक तथा कर्मचारीहरूको श्रमदान गरी कार्यक्रम संचालन गरिएको बताए ।

अध्यक्ष पाण्डेले अधिकांश किसानकै छोराछोरी विद्यालयमा आउने भएकाले पनि कृषि कार्यको व्यवहारिक ज्ञान कार्यक्रम मार्फत प्रदान गर्न सकिने बताउदै विधार्थीहरुलाई आफ्नै खेतबारी काम गर्ने उत्प्रेणा जगाउने, खेतमै गई अभ्यास गराउँदा कृषि सम्बन्धि ज्ञान दिई उत्पादन, भण्डारण, बजारीकरणको समेत ज्ञान हुने र विद्यार्थलाई आत्मनिर्भर बनाउन सकिने बताए।



सम्बन्धित
Loading...