महेशपुर परासी सडक निर्माणमा ढिलाई


 




परासी । पश्चिम नवलपरासी जिल्लाको महेशपुर परासी सडक खण्ड निर्माणमा चरम ढिलाई भएको पाइएको छ ।

 

२०८० साल बैशाख महिना २६ गते ४ महिना अर्थात भदौ २६ गते सक्ने गरी सम्झौता भएको सडक सम्झौताको १ बर्ष कटिसक्दा जम्मा २५ प्रतिशत मात्रै काम भएको छ ।

 


गौरीशंकर हिमालयन कन्ष्ट्रक्सन कम्पनीसंग २०८० भदौ २६ गतेसम्म सडक निर्माण समपन्न गर्ने गरी रु २१ करोड ११ लाख ३८ हजार ६ सय ६६ मा ठेक्का सम्झौता भएको थियो । अहिलेसम्म सडकको भौतिक २५ प्रतिशत भएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनिय शुुसान्त उप्रेतीले बताए ।

 

उनका अनुसार वर्षाका कारण सडकको काम समयमा नसकिएको हो । महेषपुर हुँदै नेपाल भित्रिने भारतीय मालबाहक ट्रकलाई सडक साँघुरो भएपछि सडक पुननिर्माण शुरु गरिएको उप्रेतीले जानकारी दिए ।

महेशपुर परासी सडक खण्ड अलपत्र हुँदा महेषपुर भन्सारमा राजश्व संकलन समेत कम भएको छ । पाल्ही नन्दन गाउँपालिका २ का वडाध्यक्ष जगदीश गुप्ताले सडक निर्माणको काममा ठेकेदार पक्षले चरम ढिलाई गरेको बताए ।



सम्बन्धित
Loading...