समुह अनुसार हेर्नसहोस

समाचार

गण्डक ब्यारेजमा बेवारिसे शव फेला

कुसुम परियार -  नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ स्थित गण्डक ब्यारेज पुलको त्रिवेणीमा १ जना पुरुषको शव फेला परेकोे छ । नवलपुरको नेपाल–भारत सिमानामा रहेको ब्यारेजपुलको २५ नम्बर ढोकामा…

नवलपुरका पालिका प्रमुखहरुले भने तोडफोडमा सम्लग्नलाई कारवाही गर

नवलपुर । नवलपुरका पालिका प्रमुखहरुको वैठकले जेनजी आन्दोलनको क्रममा भएका तोडफोडका घटनामा सम्लग्नलाई कारवाही गर्न माग गरेको छ । आज मध्यविन्दु नगरपालिकामा बसेको यहाँका पालिका प्रमुखहरुको वैठकले यस्तो माग गरेका हुन् । वैठकमा गैडाकोट…

नवलपुरमा आजदेखि खुले विद्यालय, वित्तीय संस्था र सरकारी कार्यालयहरु

कुसुम परियार -   नवलपुर । नवलपुर जिल्लामा आजदेखि सरकारी कार्यालय, वित्तीय संस्था तथा विद्यालयहरु सञ्चालनमा आएका छन् । नवलपुरका स्थानीय तहहरुले शनिबार सूचना जारी गरी आज आइतबारबाट कार्यालय नियमित सञ्चालनमा आउने जनाएका थिए ।…

पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हट्यो

रामकुमार श्रेष्ठ –  नवलपरासी । पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हटेको छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले हिजो एक सूचना जारी गरी आज आइतबार विहान ६ बजेबाट कफ्र्यू हटाइएको सूचनामा उल्लेख गरिएको थियो । कर्फ्यू हटेसँगै पश्चिम…

नवलपुरमा दुर्घटना, दुई जना गम्भीर घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १३ कोटथर स्थित भित्री सडक खण्डमा साइकल नालीमा खस्दा २ जना बालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १३ कोटथर भित्री सडक…

नवलपुरका शैक्षिक संस्थाहरु भोलिदेखि खुल्ने

रामकुमार श्रेष्ठ -   नवलपुर । नवलपुरका शैक्षिक संस्थाहरु भोलिदेखि सञ्चालनमा आउने भएका छन् । यहाँ रहेका पालिकाहरुले सूचना प्रकाशित गरि नवलपुरका विद्यालयहरु भोलिदेखि खुल्ने जनाएको हो । जेनजी आन्दोलन कारण बन्द भएका विद्यालयहरु भोलिदेखि…

हट्यो नवलपुरमा निषेधाज्ञा र कफर्यू

कुसुम परियार - नवलपुर । देशले नयाँ प्रधानमन्त्री पाएसँगै देशभर परिस्थिति सामान्य बने पछि नवलपुरमा पनि स्थिति सामान्य बन्दै गएको छ । यहाँ लागेको कफ्र्यू शुक्रबारबाट हटेको थियो भने आज शनिबारबाट निषेधाज्ञा पनि हटेको छ । कफ्र्यू र…

नवलपरासीमा कैदीबन्दी खोजी कार्य तिब्र, नवलपुरमा १३ र पश्चिम नवलपरासीमा ४५ जना पक्राउ 

कुसुम परियार - नवलपरासी । देशका विभिन्न स्थानबाट र पश्चिम नवलपरासीबाट भागेका गरी ५८ जना कैदी बन्दीलाई प्रहरीले नियन्त्रणमा लिएर काराकार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले १३ जना पुरुष र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी…

नवलपुरमा कफ्र्यू हट्यो, जनजीवन सामान्य बन्दै

कुसुम परियार -   नवलपुर । जेनजी आन्दोलनका कारण लागेको कफ्र्यू नवलपुरमा आजबाट हटेको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले आज एक सूचना जारी गर्दै कफ्र्यू हटेको जनाएको छ । नवलपुर जिल्लामा लागू भएको कफ्र्यू आज विहान ७ बजेबाट हटाइएको…

नवलपुरका शैक्षिक संस्था बन्द 

जेन–जी आन्दोलन र शोकको कारण नवलपुरका सबै शैक्षिक  संस्था आज बन्द गरिएको छ । प्याब्सन  नवलपुर, नेपाल शिक्षक महासंघ नवलपुर, सम्बन्धित क्याम्पस तथा स्थानीय तहहरुले छुट्टाछुट्टै सूचना जारी गरी नवलपुरमा शैक्षिक संस्था…