समुह अनुसार हेर्नसहोस

चितवन

गोलाघाटस्थित नारायणीको टापुमा भेटियो अर्को शव

चितवन, असार ३० । भरतपुर–२८ गोलाघाट नजिकै एउटा शव भेटिएको छ । नारायणी र राप्ती नदी गोलाघाटमा मिसिन्छन् । नदीको टापुमा एउटा शव भेटिएको जानकारी पाएपछि सुरक्षाकर्मी त्यसतर्फ लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी…

नेपाली सेनाको गाडीको ठक्करबाट चार जना घाइते

चितवन - चितवनको राप्ती नगरपालिका वडा नं–५, भण्डारास्थित नेपाली सेनाको गाडीको ठक्करबाट चार जना घाइते भएका छन् । पूर्व–पश्चिम सडक खण्डमा सुनाचुरी व्यारेकमा सामान छोडेर काठमाडौँ फर्किने क्रममा नेपाली सेनाको प्रदेश ३–०१–००१ ग ३५३९…

चितवनको राप्ती नगरपालिकाका नगर प्रमुखको गाडीमा ढुंगा प्रहार

चितवनको राप्ती नगरपालिका प्रमुख शमशेर लामा सवार गाडीमा ढुंगा प्रहार भएको छ । आइतबार साँझ ९ बजे १५ को समयमा राप्ती नगरपालिका २, गड्यौली बुद्ध शान्तिचोक स्थितिबाट महेन्द्र रार्जमार्गतर्फ आउने क्रममा नगर प्रमुख सवार बा २ झ ३६६६ नम्बरको…

चितवनमा बाढी: १७१ जनालाई सुरक्षित स्थानमा सारियो, झोलुंगे पुल बगायो

चितवन । भरतपुर महागनरपालिकामा नारायणी नदीमा आएको बाढीको जोखिममा परेका १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भरतपुर–१६ गुम्बाचोकबाट पुरुष २६ र महिला ३३…

चितवनको फिस्लिङ नजिक पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ नजिक पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो करिब १ः५० बजेको समयमा लेदोसहितको पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो…

नारायणी नदीमा आएको बाढीले देवघाटमा नाघ्यो चेतावनी तह

चितवन । नारायणी नदीमा आएको बाढीले देवघाटमा चेतावनी तह नाघेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाट जलसतह मापन केन्द्रमा नारायणीले चेतावनीको तह नाघेको हो । यहाँ जलसतह ७.३४ मिटर पुगेको छ । ७.३ मिटरदेखि ९ मिटरसम्मको जलसतहलाई…

बिमा रकम ठगी गर्न आफ्नै पसलको दुई करोडको सुन चोरी गर्ने ५ जना पक्राउ

भरतपुर । जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनले यही असार १ गते कालिका नगरपालिका वडा नं–६, खोलेसिमल बजारमा तेजप्रसाद खनालको घरको पहिलो तल्लामा विनोद सुनारले सञ्चालन गर्दै आएको विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा सञ्चालकसहित पाँच जना…

खोलाले बगाउँदा एक पुरुष बेपत्ता

माडी । माडी नगरपालिका वडा नं-५, छरछरेस्थित मगई खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । माडी-५ बस्ने ४५ वर्षीय रणबहादुर कामीलाई बगाएको खबर प्राप्त हुनासाथ प्रहरी टोलीले खोजतलास तथा अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।…

पहिरो खस्दा अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन । पहिरो गएपछि अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । बुधबार दिउँसो १ बजेर ५० मिनेट जादाँ चितवनको ईच्छाकामना ६, जलबिरेमा पहिरो खस्दा अवरुद्ध भएको सडक २ बजेर १० मिनेटमा खुलेको हो । हिरोका कारण अवरुद्ध सडक…

छतबाट खसेर दुई वर्षीय बालक घाइते

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नं–३, न्युरोडमा दुई वर्षीय बालक घरको छतबाट लडी घाइते भएका छन् । आकाश चिमरियाको छोरा दुई वर्षीय आविष्कार चिमरिया आफनै घरको दुईतले छतबाट खेल्ने क्रममा अचानक खस्न गई घाइते भएका हुन् । उनको…